ad ad

राजनीति


क्रिकेट रंगशालामा फ्लडलाइट र स्कोर बोर्ड जडानबारे गंगा दाहालको दोस्रो स्पष्टीकरण

क्रिकेट रंगशालामा फ्लडलाइट र स्कोर बोर्ड जडानबारे गंगा दाहालको दोस्रो स्पष्टीकरण

नेपालखबर
चैत १३, २०७९ सोमबार ९:५६, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी छोरी एवं स्वकीय सचिव गंगा दाहालले कीर्तिपुरस्थित क्रिकेट रंगशालामा फ्लडलाइट र स्कोर बोर्ड जडानबारे फेसबुकमा फेरि अर्काे स्टाटस लेखेकी छन्। 

आइतबार सुरुमा उनले तस्बिरसहित ‘सम्माननीय प्रधानमन्त्री प्रचण्डको निर्देशनमा कीर्तिपुर क्रिकेट मैदानमा फ्लडलाइट जडान कार्य सम्पन्न!’ भनेर लेखेकी थिइन्। तर त्यहाँ फ्लडलाइट र स्कोरबोर्ड जडान नै भएको थिएन।

झुटो तस्बिर देखाएको भन्दै सामाजिक सञ्जालमा उनको चर्काे आलोचना हुन थालेपछि उनले उक्त पोस्ट तुरुन्त डिलिट गरिन् तर सोही तस्बिर राखेर दोस्रोपटक लेखिन्– सम्माननीय प्रधानमन्त्री प्रचण्डको निर्देशनमा कीर्तिपुर क्रिकेट मैदानमा फ्लडलाइट जडान कार्य सम्पन्न गर्नका लागि राष्ट्रिय खेलकुद परिषदले प्रक्रिया अघि बढाएको छ। द्रूत गतिमा सम्पन्न  भएपश्चात् रंगशाला यो आकारमा देखिनेछ।’ 

तर पनि उनको आलोचना रोकिएन। यसपछि उनले यस विषयमा तेस्रोपटक बिनातस्बिर स्टाटस लेखेकी हुन्। 

उनले भनेकी छन्, ‘कीर्तिपुरस्थित क्रिकेट रंगशालामा फ्लडलाइट र स्कोर बोर्ड राख्न यसअघि नै सम्माननीय प्रधानमन्त्रीले राष्ट्रिय खेलकुद परिषद्‌लाई निर्देशन दिनुभएकोमा परिषद्‌ले सोहीअनुरूप काम अगाडि बढाएको छ। सो रंगशालामा काम अगाडि बढेको हुुनुपर्नेमा गलत सूचनाका कारण भूलवश निर्माण सम्पन्न भएको भन्ने स्टाटस पोस्ट हुन गएको छ। तसर्थ, शब्दलाई भन्दा विषयको भावलाई सोहीअनुरूप बुझिदिनुहुन सबैमा आग्रह गर्दछु, धन्यवाद!’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .