प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन्।
आज बिहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्ज पुगी प्रधानमन्त्री दाहालले उपचाररत राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन्।
प्रधानमन्त्रीले राष्ट्रपतिको शीघ्र स्वास्थ्यलाभको कामना गरेको उनका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।
स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेल शनिबार अस्पतालमा भर्ना भएका हुन्।
45
Shares
प्रतिक्रिया