नेपाली कांग्रेसका नेता जितनारायण श्रेष्ठको उम्मेदवारी दर्ता गराउन महामन्त्री विश्वप्रकाश शर्मा चितवन जाने भएका छन्। उनी सोमबार श्रेष्ठको उम्मेदवारी दर्ताका लागि सहमहामन्त्री डिना उपाध्यायका साथ चितवन जाने भएका हुन्।
चितवन–२ मा हुन गइरहेको उपनिर्वाचनका लागि पूर्वजिल्ला सभापति श्रेष्ठको मनोनयनमा महामन्त्री शर्मा र सहमहामन्त्री उपाध्याय आउने कार्यक्रम तय भएको जिल्ला सभापति राजेश्वर खनालले जानकारी दिए।
मंसिर ४ मा सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ४९ हजार ३ सय मतका साथ विजयी हुँदा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठ १४ हजार ९८८ मत ल्याउँदै विशाल अन्तरले दोस्रो भएका थिए।
तर, लामिछानेले खारेज भएको नागरिकता प्रयोग गरेको प्रमाणित भएपछि सांसद पद गुमाएका कारण आगामी वैशाख १० मा चितवन–२ मा उपनिर्वाचन हुन गइरहेको छ।
उनी फेरि चितवन–२ मा उठ्ने तयारीमा छन्। कांग्रेसले यहाँ श्रेष्ठलाई उम्मेदवार बनाएको छ।
Shares
प्रतिक्रिया