उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले आफ्नो आधिकारिक पत्र र सर्कुलरमा कोशी प्रदेश नलेख्ने भएको छ।
२०७९ चैत १ गते जारी परिपत्रमा संयोगवश प्रदेश १ को नाम कोशी प्रदेश शब्द पर्न गएको भन्दै पार्टीले उक्त नाम सच्च्याएको हो।
आइतबार अध्यक्ष उपेन्द्र यादवले आन्तरिक सर्कुलरमार्फत तत्कालका लागि उक्त प्रदेशको नाम प्रदेश नं. १ हुने बताउँदै पछि फेरिएमा त्यसैलाई प्रयोग गरिने जनाएका छन्।
गत फागुन १४ गते पार्टीले प्रेस विज्ञप्ति जारी गरी जनताले प्रदेश १ मा उठाएको पहिचानको आधारमा प्रदेशको नामकरण हुनुपर्ने मागलाई यथोचित रुपमा सम्बोधन गर्न गराउन सरकारसँग माग गरिएको यादवले बताएका छन्।
उनले अहिलेको अवस्थामा पार्टीले कोशी प्रदेश नलेख्ने पनि उनले जानकारी दिएका छन्।
75
Shares
प्रतिक्रिया