सरकारले आज (बिहीबार) न्यूनतम साझा कार्यक्रम र प्राथमिकता आज सार्वजनिक गर्ने तयारी गरेको छ।
बिहीबार अपरान्ह ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एक कार्यक्रम आयोजना गरि सरकारको न्यूनतम साझा कार्यक्रम तथा प्राथमिकता सार्वजनिक गर्ने तयारी गरिएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक सूर्य किरण शर्माका अनुसार सत्ता गठबन्धन बैठकले अन्तिमरुप दिएपछि सार्वजनिक गर्ने तयारी गरिएको हो।
न्यूनतम साझा कार्यक्रम तय गर्नका लागि नेपाली कांग्रेसबाट रमेश लेखक, नेकपा माओवादी केन्द्रबाट शक्तिबहादुर बस्नेत, जनता समाजवादी पार्टीबाट राजेन्द्र श्रेष्ठ र नेकपा एकीकृत समाजवादीबाट विजय पौडेल सम्मिलित कार्यदल बनेको थियो।
सो कार्यदलले तयार पारेको प्रतिवेदन गठबन्धन बैठकबाट अनुमोदन गरेर सार्वजनिक गर्ने तयारी गरिएको हो।
साझा कार्यक्रममा संविधानको रक्षा, आवश्यकता अनुसार परिमार्जन र विकास, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र संघीयता कार्यान्वयनलाई प्राथमिकतामा राखिएको छ।
सत्ता गठबन्धनमा सामेल दलहरुबाट सुझाव लिएर सरकारले न्यूनतम साझा कार्यक्रम बनाइएको बताइको छ।
Shares
प्रतिक्रिया