ad ad

राजनीति


प्रधानमन्त्री हराएको भन्दै सांसद पन्तले पढेर सुनाए सूचना

प्रधानमन्त्री हराएको भन्दै सांसद पन्तले पढेर सुनाए सूचना

नेपालखबर
बैशाख ३, २०८० आइतबार १४:१५, काठमाडौँ

शीर्ष नेताहरुबीच निर्धारित बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी नभएपछि आइतवारको संसद बैठकमा खोजी भएको छ। 

सभामुख देवराज घिमिरेले संक्रमणकालीन न्यायसम्बन्धी कानुन, संसदको बिजनेस, संयुक्त समिति, विषयगत समिति र संयुक्त नियमावली मस्यौदा समिति गठन लगायत विषयमा सहमति जुटाउन राखेको बैठकमा प्रचण्ड नगएपछि संसदमा खोजी भएको हो।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री प्रचण्ड हराएको सूचना नै सुनाए। उनले प्रधानमन्त्री प्रचण्डको हुलिया र वतनसहितको सूचना पढेर सुनाएका हुन्। 

‘नागरिकताको नाम पुष्पकमल दाहाल, चलनचल्तीको नाम प्रचण्ड, स्थायी ठेगाना फेरिरहने, अस्थायी ठेगाना कहिले खुमलटार कहिले बालुवाटार, हुलीया पहिले पहिले कोट पाइन्ट, अहिले दौरा सुरुवाल र टोपी पनि लगाउने गरेको, उमेर ६५ नाघेर ७० पुगिनसकेको जस्तो लाग्ने।’

आइतवार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा डाकिएको बैठकमा नगएपछि पन्तले प्रचण्ड अन्तिम पटक बालुवाटारमा देखिएदेखि हराएको भन्दै व्यंग्य कसे।

‘उहाँ केही दिनअघि प्रतिनिधि सभाको बैठकमा झुलुक्क देखिनु भएको हो। तर अचेल संसदमा आउँदै नआएकाले उहाँलाई भेटाउनेहरुले संसद भवन नयाँ बानेश्वरमा बुझाइदिनु होला। उहाँ अन्तिम पटक बालुवाटार छेउछाउ देखिनुभएको थियो,’ पन्तले भनेका छन्। 

संक्रमणकालीन न्यायनिरुपणसम्बन्धी कानुनलाई अन्तिम रुप दिने तयारीका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री प्रचण्ड अनुपस्थित भएपछि एमाले आक्रोशित भएको छ। 

आइतवार बिहान ९ बजे बोलाइएको बैठकमा प्रधानमन्त्रीले अन्तिम समयमा अनुपस्थित हुने जानकारी दिएका थिए। 

दलका शीर्ष नेताहरुबीचको सहमतिअनुसार आइतवार बिहान बालकोटमा बैठक बोलाइएको थियो। तर प्रचण्डले अन्तिम समयमा आफू व्यस्त रहेको भन्दै बालकोट जान अस्वीकार गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .