ad ad

राजनीति


परराष्ट्रमन्त्री बन्नेबित्तिकै साउदलाई भेट्न पुगे भारतीय राजदूत

परराष्ट्रमन्त्री बन्नेबित्तिकै साउदलाई भेट्न पुगे भारतीय राजदूत

नेपालखबर
बैशाख ३, २०८० आइतबार १८:३५, काठमाडौँ

नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदलाई भारतीय राजदूत नविन श्रीवास्तवले बधाई दिएका छन्। 

आइतबार मन्त्री नियुक्त भएका साउदलाई मन्त्रालय पुगेर राजदूत श्रीवास्तवले बधाई दिएका हुन्। 

श्रीवास्तव परराष्ट्रमन्त्री नियुक्त भएपछि उनलाई बधाई दिने पहिलो कुटनीतिज्ञ हुन्। 

साउदलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आठौं पटक मन्त्रिपरिषद् पुनर्गठन गर्दै परराष्ट्रमन्त्री नियुक्त गरेका हुन्। 

उनले आजै सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गरिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .