ad ad

राजनीति


टीआरसीबारे छलफल गर्न बालुवाटारमा सत्तारुढ पाँच दलको बैठक

टीआरसीबारे छलफल गर्न बालुवाटारमा सत्तारुढ पाँच दलको बैठक

नेपालखबर
बैशाख ४, २०८० सोमबार १८:१३, काठमाडौँ

संक्रणमकाली न्याय निरुपणसम्बन्धी विधेयकबारे छलफल गर्न सत्तारुढ पाँच दलको बैठक बालुवाटारमा सुरु भएको छ।

सोमबार बिहान प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँगको छलफलपछि पाँच दलको अलग्गै बैठक बालुवाटारमा  केहीबेरअघि सुरु भएको हो।  

सत्ता साझेदार ५ दलले टीआरसी सबन्धी विधेयकलाई संसदबाट टुंगोमा पुर्‍याउने तयारी गरेका छन्। उता एमालेले भने यो विधेयकलाई संसदीय समितिमा लगेर छलफल गर्नुपर्ने अडान लिइरहेको छ।

यो बैठकमा नेकपा माओवादी केन्द्रबाट अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष एवम् उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ र प्रमुख सचेतक रमेश लेखक सहभागी छन्।

त्यस्तै कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति एवम् उपप्रधानमन्त्री पूर्णबहादुर खड्का र प्रमुख सचेतक रमेश लेखक सहभागी छन्।

उता एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र उपाध्यक्ष राजेन्द्र पाण्डेको उपस्थिति छ। 

अर्कातिर जनता समाजवादी पार्टीबाट राजेन्द्र श्रेष्ठ र लोकतान्त्रिक समाजवादीबाट शरतसिंह भण्डारी सहभागी छन्।

सोमबार बिहान बालकोटमा भएको तीन दलका शीर्ष नेताको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले संक्रमणकालीन न्याय निरुपणसम्बन्धी कानुन बनाउँदा अन्तर्राष्ट्रिय मापदण्डबाट दायाँबायाँ हुन नहुने अडान लिएको थियो। 

बालकोटमा बसेको प्रमुख दलका शीर्ष नेताको बैठकमा एमालेले टीआरीससम्बन्धी विधेयकमाथि संसदीय समितिमा पहिले छलफल गरिनुपर्ने पनि एमालेको शर्त थियो।

बालकोट बैठकमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद्को बैठक बस्ने सहमति तीन दलले गरेका थिए।

तर, सोमबार अपराह्न प्रधानमन्त्रीले टीआरसीसम्बन्धी विधेयकलाई लिएर सत्तारुढ दलसँग छलफल अघि बढाएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .