ad ad

राजनीति


मतदानको निर्धारित समय सकियो, लाइन लागेकाले भोट हाल्न पाउने

मतदानको निर्धारित समय सकियो, लाइन लागेकाले भोट हाल्न पाउने

भरतपुरको एक मतदान केन्द्रमा भोट हाल्दै किरियापुत्री। तस्बिर : रासस


नेपालखबर
बैशाख १०, २०८० आइतबार १७:५, काठमाडौँ

देशका ३ जिल्लामा भइरहेको उपनिर्वाचनअन्तर्गत मतदानका लागि निर्धारित समय सकिएको छ।

निर्वाचन आयोगले तोकेअनुसार चितवन क्षेत्र नम्बर २, बारा क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदान भएको हो।

निर्वाचन आयोगका अनुसार तीनै जिल्ला ६० प्रतिशत आसापस मतदान भएको छ। 

केही स्थानमा विवादबीच मतदान भएको छ। आइतवार भरतपुर महानगरपालिका–७ स्थित राष्ट्रिय मावि कृष्णपुर र भरतपुर महानगरपालिका ११ स्थित नयाँकिरण माविमा मतदान रोकिएको थियो।

कृष्णपुरमा तत्कालै सुचारु भए पनि नयाँकिरणमा भने करिब  ४ घण्टा मतदान रोकिएको थियो। बिान साढे ११ बजेदेखि रोकिएको मतदान दिउँसो ३ बजेपछि मात्रै सुचारु भएको थियो।

त्यो मतदान केन्द्रमा निर्धारित समयपछि पनि मतदान हुने बताइएको छ। त्यहाँ मतदाताहरु अझै लाइनमा लागेकाले साँझसम्म मदतान हुने बताइएको छ।

यहाँ नाराबाजी गरेकोमा राष्ट्रिय स्वतन्त्र पार्टीले माफी माग्ने सहमतिपछि अहिले मतदान जारी रहेको छ। 

मतदानका क्रममा बारामा छिटफुट घटना भएका छन्। केही मतदान केन्द्रमा धाँधली भएको आरोप लागे पनि त्यहाँ कुनै पनि स्थानमा मतदान रोकिएन।

उता तनहुँमा पनि चितवन र बारामाभन्दा शान्तिपूर्ण रुपमा मतदान भएको छ। चितवन र बारामा जस्तो त्यहाँ कुनै किसिमको विवाद सुनिए। तनहुँ २ का सबै मतदान केन्द्रमा शान्तिपूर्ण मतदान सकिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .