ad ad

राजनीति


चितवन र बारामा मतगणनाका लागि सर्वदलीय बैठक बस्दै

चितवन र बारामा मतगणनाका लागि सर्वदलीय बैठक बस्दै

फाइल तस्बिर।


नेपालखबर
बैशाख ११, २०८० सोमबार ५:५९, काठमाडौँ

आइतबार सम्पन्न चितवन २, बारा २ र तनहुँ १ मध्ये तनहुँको मतगणना मध्यरात देखि जारी छ।

चितवन र बाराको मतगणनाका लागि भने गए राति सर्वदलीय बैठक बस्न सकेन। मतगणनाबारे निर्णय गर्न सोमबार बिहान यी क्षेत्रमा सर्वदलीय बैठक बस्दैछ।

बिहान ८ बजे चितवन क्षेत्र नम्बर २ को मतगणनबारे निर्णय गर्न सर्वदलीय बैठक तय भएको छ। रवि लामिछानेविरुद्ध आचारसंहिता उल्लंघनको घटना छानबिन नभइ मतगणना नगर्ने नेकपा एमाले र नेपाली काङ्ग्रेसको उम्मेदवारको अडानका कारण आज बैठक स्थगित भएको थियो।

यस्तै बारा क्षेत्र नम्बर २ मा पनि केहीबेरमा सर्वदलीय बैठक बस्दैछ। हावाहुरीका कारण रातिदेखि नै मतगणना गर्ने अवस्था नहुँदा दलहरूले बिहान सर्वदलीय बैठक बस्ने सहमति गरेका थिए।

बिहान ६ बजे उक्त क्षेत्रमा सर्वदलीय बैठक डाकिएको निर्वाचन अधिकृत सरोजकुमार चौधरीले जानकारी दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .