ad ad

राजनीति


कांग्रेसले बालकृष्णलाई कारबाही गरेन, अनुसन्धानको निष्कर्ष पर्खिने

कांग्रेसले बालकृष्णलाई कारबाही गरेन, अनुसन्धानको निष्कर्ष पर्खिने

फाइल तस्बिर


नेपालखबर
बैशाख २८, २०८० बिहिबार १९:२३, काठमाडौँ

नेपाली कांग्रेसले नक्कली शरणार्थी प्रकरणमा बिचौलियाबाट पैसा लिएको आरोपमा पक्राउ परेका केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई तत्काल कारबाही नगर्ने भएको छ। 

सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकपछि सहमहामन्त्री जीवन परियारले खाँणबारे तत्काल कुनै  निर्णय नलिइएको बताए। 

‘आज पनि हामीबीच नेता बालकृष्ण खाँणबारेमा कुनै छलफल भएन। हामीले कुनै किसिमको औपचारिक निष्कर्ष निकालेका छैनौँ’, उनले पत्रकारहरुलाई भने, ‘हामी कुनै व्यक्तिबारे प्रस्तुत हुनुभन्दा अनुसन्धानमा जोसुकै आउन सक्छन्। उनीहरुले सघाउनु पर्छ भन्ने हो। कोही नेता, मन्त्री वा मिडियाकै  मान्छे पनि आउन सक्छ। जो आए पनि अनुसन्धानलाई सघाउनुपर्छ भन्ने हाम्रो छलफलको निष्कर्ष हो।’

परियारले जोसुकै व्यक्ति परे पनि यो घटनाबाट नेपाल नै लज्जित हुनुपर्ने अवस्था आएको बताए। 

‘यसलाई हामीले गम्भीर रुपमा लिएका छौँ। हामी नेता (बालकृष्ण खाँण) लाई लुकाउन सक्थ्यौँ होला। उहाँ बुटवल जानु भएको थियो, त्यहीँबाट हराउन पनि सक्नु हुन्थ्यो,’उनले भने, ‘हाम्रो पार्टीको नेता जोडिएपछि हामी सत्तामा भए पनि अनुसन्धान प्रभावित गर्ने पक्षमा छैनौँ। व्यक्तिको कुरै छैन, जोसुकै व्यक्तिलाई अनुसन्धानले चाह्यो भने कारबाही गर्नुपर्छ।’

उनले नक्कली शरणार्थी प्रकरणमा जो जोडिए पनि कारबाही हुने बताए। ‘त्यसमा कुनै समस्या रहेन। बालकृष्ण खाँणले अनुसन्धानलाई सघाउनु भएको छ’, उनले भने, ‘हामी यो अनुसन्धानको निष्कर्षको पर्खाईमा छौँ। यो प्रकरणमा अनुसन्धानको निष्कर्ष आएपछि हामी थप निर्णय लिन सक्छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .