राजनीति


एकनाथ भन्छन् - देशभरिका सडकमा खाल्डाखुल्डी छन्, सरकारको आँखा हुन्छ कि हुन्न ?

एकनाथ भन्छन् - देशभरिका सडकमा खाल्डाखुल्डी छन्, सरकारको आँखा हुन्छ कि हुन्न ?

नेपालखबर
जेठ २४, २०८० बुधबार १३:१५, काठमाडौँ

 नेकपा एमालेका सांसद एकनाथ ढकालले देशभरिका सडकमा खाल्डाखुल्डी भएको तर सरकारले नदेखेको बताएका छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै उनले सडक खाल्डाखुल्डीले दिनहुँ दुर्घटना हुने गरेको र नागरिकले सास्ती भोग्नुपरेको उनले बताए।

तर सडकका खाल्डाखुल्डी सरकारले नदेखेको भन्दै उनले भने, 'मलाई थाहा छैन सरकारको आँखा हुन्छ कि हुँदैन? खाल्डाखुल्डी सरकारले देखेको छैन।'

उनले खाल्डाखुल्डी कारण हुने सबै दुर्घटनाको जिम्मा सरकारले लिनुपर्ने बताउँदै तत्काल खाल्डाखुल्डी पुर्न सरकारको ध्यानाकर्षण गराए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .