ad ad

राजनीति


कांग्रेसबारे बाबुरामको निष्कर्ष : समयअनुसार रुपान्तरण नहुँदा खुम्चिँदै गयो

कांग्रेसबारे बाबुरामको निष्कर्ष : समयअनुसार रुपान्तरण नहुँदा खुम्चिँदै गयो

फाइल तस्बिर


नेपालखबर
जेठ २५, २०८० बिहिबार १३:५५, काठमाडौँ

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सत्ता साझेदार नेपाली कांग्रेस समयानुकूल रुपान्तरण हुन नसकेकाले खुम्चिँदै गएको बताएका छन्। 

भक्तपुरमा बिहीबार सुरु भएको केन्द्रीय समिति बैठकमा पेस गरेको राजनीतिक प्रस्तावमा उनले समयानुकूल आफूलाई रुपान्तरण गर्न नसक्दा कांग्रेस खुम्चिँदै गएको उल्लेख गरेका छन्। 

‘पछिल्लो चरणमा यसले आफूलाई समयानुकूल रूपान्तरण गर्न नसकेको हुनाले यसको शक्ति खुम्चिँदै गएको छ,’ भट्टराईको  ‘अबको राष्ट्रको संकल्प : नयाँ समाजवादी विकल्प’ शीर्षकको राजनीतिक प्रस्तावमा भनिएको छ। 

आफूलाई ‘प्रजातान्त्रिक समाजवादी’ भन्दै आएको कांग्रेसको मूल चरित्र पुँजीवादी उदारवादी लोकतान्त्रिक भएको भट्टराईको भनाइ छ।

कांग्रेसले अनुसरण गर्ने पुँजीवादी उदारवादी नीतिबाट देशको संरचनात्मक समस्या समाधान असम्भव रहेको उनको जिकिर छ। 

‘नेपालको पिछडिएको अर्थ–राजनीतिक धरातल र बहुजातीय, बहुभाषिक, क्षेत्रीय विविधतायुक्त परिवेशमा यसले मूलतः अनुसरण गर्ने पुँजीवादी उदारवादी नीतिबाट देशको संरचनात्मक समस्या हल हुन असम्भव छ,’ भट्टराईले भनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .