ad ad

राजनीति


समाजवादी मोर्चाबारे बालुवाटारमा जारी छलफलमा बाबुराम र वामदेव गएनन्

समाजवादी मोर्चाबारे बालुवाटारमा जारी छलफलमा बाबुराम र वामदेव गएनन्

फाइल तस्बिर


नेपालखबर
असार ३, २०८० आइतबार १०:५३, काठमाडौँ

यसै साता समाजवादी मोर्चा घोषणा गर्ने तयारीमा रहेका दलहरूले आपसी संवादलाई तीव्रता दिएका छन्। 

यसै क्रममा अहिले प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित चार दलका शीर्ष नेताबीच छलफल भइरहेको छ। 

छलफलमा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङ छन् भने नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल, जसपाबाट अध्यक्ष उपेन्द्र यादव र नेकपाबाट महासचिव विप्लव सहभागी छन्।

तर समाजवादी मोर्चामा सहभागी हुने भनिएका ६ दलमध्ये डा. बाबुराम भट्टराई र वामदेव गौतमका पार्टी भने बालुवाटारमा अहिले जारी छलफलमा सहभागी भएको छैन। 

बालुवाटारमा एक घण्टाअघि देखि जारी छलफलमा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम भने पुगिनसकेको बालुवाटार स्रोतले नेपालखबरलाई जानकारी दियो। 

‘प्रधानमन्त्रीसमेत चार दलका शीर्ष नेताहरूबीच समाजवादी मोर्चा घोषणाबारे छलफल भइरहेको छ’, स्रोतले भन्यो, ‘तर अहिलेसम्म डा.बाबुराम भट्टराई र वामदेव गौतम आइसक्नु भएको छैन।’ 

यसै साता घोषणको तयारी गरिएको समाजवादी मोर्चामा बाबुराम र वामदेवलाई पनि समेट्ने बताइएको छ। तर उनीहरूको अनुपस्थितिले अन्योल सिर्जना गरेको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .