ad ad

राजनीति


सांसदहरूको माग अनुसार बजेट संशोधन नभए पास हुन दिँदैनौं : अध्यक्ष राउत

सांसदहरूको माग अनुसार बजेट संशोधन नभए पास हुन दिँदैनौं : अध्यक्ष राउत

फाइल तस्बिर


नेपालखबर
असार ४, २०८० सोमबार १५:३६, काठमाडौँ

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले सांसदहरूको मागअनुसार बजेट संशोधन नभए बजेट पास हुन नदिने बताएका छन्।

सोमबार प्रतिनिधि सभा अन्तरर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै अध्यक्ष डा. राउतले बजेटमा सांसदका मागहरु सम्बोधन हुनेगरी बजेट सशोधन नभए सत्तापक्षका सांसदहरुले नै बजेट पास हुन दिन नहुने बताएका हुन्।

‘समितिले सुझावसहित बजेट संशोधनको प्रस्ताव लैजानुपर्छ। कार्यान्वयन होला नहोला छुट्टै कुरा छ। समितिको रुपमा हामीले त्यो जिम्मेवारी निभायौं,’ उनले भने, ‘कार्यदल भनेको छ त्यसले बजेट संशोधन आवश्यक छ भन्नेकुरा लिएर जानुपर्छ।’

उनले पूर्वाधार विकास समितिले सुझावसहित बजेट संशोधनको प्रस्ताव लैजान माग गरे। 

उनले सुझावसहित बजेट संशोधनको प्रस्ताव कार्यान्वयन नभएपनि सरकारले ल्याएको बजेट संशोधनको आवश्यकता रहेको बताए। 

उनले एक जना मन्त्रीले मात्रै बजेट बनाउने भए २७५ सांसदहरू आवश्यकता नभएको भन्दै निर्वाचित भएर आएका सांसदहरुको कुरा सरकारले सुन्नुपर्ने जिकिर गरे।

‘मन्त्रीपद सदावहार शासक होइन। मन्त्री बन्दैमा अंहकार देखाउनुपर्छ भन्ने पनि होइन। एक जनाले बजेट निर्माण गर्ने भए यति धेरै सांसदहरु किन आवश्यक पर्ने थियो,’ राउतले भने, ‘एक जनाले बनाउन नसक्ने भएर नै विभिन्न क्षेत्रबाट जनप्रतिनिधिहरु निर्वाचित भएर आएका छौं। त्यसैले मन्त्रालयले सांसदहरुको कुरा सुनिदिनुपर्छ। बजेट विनियोजनमा पनि सांसदहरुको माग सुनिदिनुपर्छ।’

सरकारले सुनेन भने त्यो बजेटलाई पारित हुन नदिने अधिकार सांसदहरुलाई रहेको उनले बताए। 

‘मधेस प्रदेश भन्दा सूदुरश्चिममा ६ गुणा बढी बजेट गएको छ। सूदुरपश्चिम प्रदेशको जनसंख्या भनेको २६ लाख छ भने मधेस प्रदेशको ६१ लाख रहेको छ। जनसंख्या वा मानवविकास सूचाङ्कको आधारमा हो भन्ने बजेट सिद्धान्तको आधारमा बजेट निर्धारण गरिनुपर्छ। त्यो अनुसार बजेट संशोधन गर्नुपर्छ,’ उनले भने।

उनले सरकारले सांसदहरुका कुरा नसुने बजेटलाई पारित हुन नदिने अधिकार सांसदहरुलाई रहेको भन्दै सत्तापक्ष र प्रतिपक्षका संसदहरुले आफ्नो अधिकार उपयोग गर्न आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .