ad ad

राजनीति


‘आदिपुरुष’विरुद्ध मेयर बालेनको एक्सनबारे सञ्चारमन्त्री : स्टन्ट गरेर मात्रै हुँदैन

‘आदिपुरुष’विरुद्ध मेयर बालेनको एक्सनबारे सञ्चारमन्त्री : स्टन्ट गरेर मात्रै हुँदैन

फाइल तस्बिर


नेपालखबर
असार ६, २०८० बुधबार १७:३१, काठमाडौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’मा सीताबारे विवादित संवाद रहेकैले सेन्सर गरेर मात्रै प्रदर्शन अनुमति दिइएको बताएकी छन्। 

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनका क्रममा उनले यस्तो बताएकी हुन्।

‘भावनात्मक हिसाबले हामी एकै ठाउँ छौँ। सीता नेपालकी छोरी हुन् भन्नेमा कुनै शंका छैन’, उनले भनिन्, ‘अरु कुरामा सबैले क्षेत्राधिकार बुझ्नुपर्छ। स्टन्ट गरेर जनताको भावना खेल्नेभन्दा दीर्घकालीन समाधानको खोजीमा  जानुपर्छ। हामी कानुनी रुपमा नै जानुपर्छ।’

उनले नेपाली या भारतीय जनु भए पनि आपत्तिजनक वा नियमविपरीत पाइएमा सेन्सर गरेमा मात्रै प्रदर्शनमा जान दिने गरिएको बताइन्। 

‘जेठ ३१ मा ‘आदिपुरुष’मा रहेको सीता भारतकी चेली हुन् भन्ने आशयको भनाइ सेन्सर गरेर, हटाएर मात्रै चल्न दिएका हौँ’, उनले भनिन्, ‘त्यो फिल्मको मूल दृश्यबाट उक्त संवाद हटाउन हामीले कूटनीतिक निकायममार्फत पहल गर्नुपर्छ। त्यसका लागि परराष्ट्र मन्त्रालयमा पत्राचार गरेका छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .