ad ad

राजनीति


न्यायाधीशहरुलाई ‘फटाहा र कलंक’ भनेपछि प्रदेशमन्त्रीविरुद्ध मुद्दा

न्यायाधीशहरुलाई ‘फटाहा र कलंक’ भनेपछि प्रदेशमन्त्रीविरुद्ध मुद्दा

नेपालखबर
असार १२, २०८० मंगलबार १७:४, काठमाडौँ

कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीविरुद्ध मुद्दा परेको छ। 

राजभण्डारीले शिक्षादीप कलेजले आइतबार गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै न्यायाधीशहरुले पैसा खाएर स्टेअर्डर दिएको विवादित अभिव्यक्ति दिएका थिए। 

त्यही अभिव्यक्तिका कारण उनीविरुद्ध मंगलबार अदालतको अवहेलना मुद्दा दायर भएको हो।

मन्त्री राजभण्डारीको अभिव्यक्तिले अदालतको अवलना भएको भन्दै अभिवक्ता उद्धवचन्द्र घिमिरेले मुद्दा दायर गरेका हुन्। 

कार्यक्रमका बोल्ने क्रममा मन्त्री राजभण्डारीलेले न्यायाधीशहरुलाई फटाहा र कलंकको संज्ञा समेत दिएका थिए।

मन्त्रीले राजभण्डारीको अभिव्यक्ति नेपालको संविधानको धारा १३६ न्याय प्रशासन २०७३ को दफा १७ बमोजिम अदालतको अवहेलनाको विषय बनेको जाहेरीमा उल्लेख छ।

निवेदनमा मन्त्री राजभण्डारीलाई अदालतको अवहेलनामा १ वर्ष कैद र १ लाख रुपैयाँ जरीवाना गर्न माग गरिएको छ। 

कोशी प्रदेश सरकारको गत जेठ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्लेलाई बर्खास्त गर्ने निणर्य गरेको थियो। 

उक्त निणर्यविरुद्ध वाग्लेले उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए। उच्च अदालतका न्यायाधीश कृष्णकमल अधिकारीको इजलासले प्रदेश सरकारको उक्त निर्णय कार्यान्वयन नगर्न जेठ ५ गते अन्तरिम आदेश दिएको थियो।

फेरि उच्च अदालत विराटनगरका न्यायाधीशद्वय कृष्णकमल अधिकारी र राजनप्रसाद भट्टराईको इजलासले जेठ ५ को अन्तरिम आदेशलाई निरन्तरता दिएको थियो। त्यही आदेशविरुद्ध मन्त्री राजभण्डारीले आक्रोश व्यक्त गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .