ad ad

राजनीति


झ्याप्प-झ्याप्प बिजुली जान थाल्यो, छड्किरहेको भात काचै हुन्छ : रघुजी पन्त

झ्याप्प-झ्याप्प बिजुली जान थाल्यो, छड्किरहेको भात काचै हुन्छ : रघुजी पन्त

नेपालखबर
असार १३, २०८० बुधबार ११:४२, काठमाडौँ

नेकपा एमालेका सांसद रघुजी पन्तले झ्याप्प-झ्याप्प दिनमै ६-७ चोटी बिजुली जान थालेको बताएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा उनले झ्याप्प-झ्याप्प यसरी बिजुली जान थाल्दा उपभोक्ताहरू मारमा परेको बताए। उनले भने, 'छड्किरहेको भात झ्याप्प हुन्छ, खोलेर हेर्‍यो भात काचै। बिजुली गएको हुन्छ,' उनले भने, 'चलाइरहेको कम्प्युटर झ्याप्प अफ हुन्छ, विदेशमा कुरा भइरहेको मान्छेसँग फेरि लिंक हुँदैन।'

अहिले दैनिक ५०० मेगावाट बिजुली खेर गइरहेको बताउँदै त्यसको सदुपयोग गर्न नसकेको आरोप उनले लगाए।

उत्पादन भएको निर्यात पनि गर्न नसकिएको उनको भनाइ थियो। ट्रान्समिसन लाइन नभएकाले ३० वटा आयोजनाले अहिले उत्पादन रोकेको भन्दै उनले प्रश्न गरे, 'सरकारको योजना के छ?'

यसरी विद्युत उत्पादन रोकिँदा उत्पादकले बैंकको पैसा तिर्न नसकेको र उपभोक्ताहरू मारमा परेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .