ad ad

राजनीति


बालुवाटार जग्गा प्रकरण : काठमाडौं महानगरका अधिकृतसहित तीन जना पक्राउ

बालुवाटार जग्गा प्रकरण : काठमाडौं महानगरका अधिकृतसहित तीन जना पक्राउ

फाइल तस्बिर


नेपालखबर
असार १७, २०८० आइतबार १८:४४, काठमाडौँ

ललिता निवास जग्गा प्रकरणमा काठमाडौं महानगरपालिकाका अधिकृतसहित तीनजना पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले काठमाडौं महानगरका अधिवृकत शिवजी भट्टराई, नक्कली मोही बाबुराजा महर्जन र नापीका कर्मचारी घमनकुमार कार्की पक्राउ परेका हुन्।

सीआईबीका एसएसपी दिनेशकुमार आचार्यका अनुसार उनीहरुलाई काठमाडौंबाट पक्राउ गरिएको हो। 

यसअघि गत मंगलबार भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित ४ जना पक्राउ परेका थिए। 

गुरुङसहित धर्मप्रसाद गौतम, सुधिर शाह र गोपाल कार्कीलाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरू अहिले पनि हिरासतमै छन्। 

सीआईबीले मंगलबार नै पक्राउ गरेका अन्य तीन जनालाई भने सोही दिन छाडिको थियो। उनीहरूलाई सर्वोच्चबाट पक्राउ नगर्न आदेश जारी भएको थियो। 

पक्राउ परेका गुरुङसहित तीन जनाले पनि सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको मुद्दा दर्ता गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .