ad ad

राजनीति


उद्योगमन्त्री रिजालद्वारा आफ्नै मन्त्रालयमा छड्के अनुगमन

उद्योगमन्त्री रिजालद्वारा आफ्नै मन्त्रालयमा छड्के अनुगमन

नेपालखबर
असार २२, २०८० शुक्रबार १४:११, काठमाडौँ

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले शुक्रबार मन्त्रालयमा छड्के निरीक्षण गरेका छन्।

शुक्रबार विहान दश बजे मन्त्रालय पुगेर मन्त्री रिजालले मातहतका कर्मचारीहरु समयमा कार्यालयमा उपस्थित भए न भएको छड्के अनुगमन गरेका हुन्।

निरीक्षणको क्रममा केही शाखामा कर्मचारीहरुको अनुपस्थिति रहेको पाइएपछि मन्त्री रिजालले कर्मचारी महाशाखाका प्रमुख लीलाप्रसाद शर्मालाई कर्मचारी के कारणले समयमा उपस्थित हुन नसकेको हो बुझेर नियमित रुपमा कार्यालय समयमा उपस्थिति हुने व्यवस्था मिलाउन निर्देशन दिएका छन्।

राम्रा कामको सुरुवात आफैँबाट गर्नुपर्ने मान्यताका साथ आफू अघि बढेको भन्दै मन्त्री रिजालले सुधारको काम गर्न आफू कटिबद्ध  रहेको बताए।

त्यसैगरी राष्ट्रसेवक कर्मचारी समयमा नै कार्यालयमा उपस्थित हुनुपर्ने कर्तव्य भएको बताउँदै मन्त्री रिजालले यस विषयलाई कडाईका साथ लागू गर्ने धारणा समेत व्यक्त गरे।

मन्त्री रिजालले कार्यालयको सरसफाइ र कार्यालयको लेआउटमा ध्यान दिनसमेत कर्मचारीहरुलाई आग्रह गरे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .