ad ad

राजनीति


११ महिनापछि आज बस्दै कांग्रेस केन्द्रीय समितिको बैठक, यस्ता छन् १० एजेन्डा

खाँणलाई निलम्बन गर्ने कुरा उठ्ला?
११ महिनापछि आज बस्दै कांग्रेस केन्द्रीय समितिको बैठक, यस्ता छन् १० एजेन्डा

फाइल तस्बिर


नेपालखबर
साउन २, २०८० मंगलबार ८:१६, काठमाडौँ

सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक ११ महिनापछि आज (मंगलबार) बस्दै छ। 

पार्टी केन्द्रिय कार्यालय (सानेपा) मा दिउँसो १ बजे सुरु हुने केन्द्रीय कार्यसमितिको बैठकका लागि १० वटा एजेन्डा तय गरिएको छ।  

सोमबार सभापति शेरबहादुर देउवाको निवास (धुम्बाराही) मा बसेको पदाधिकारी तथा पूर्वपदाधिकरी बैठकले आज सुरु हुने केन्द्रीय कार्यसमितिको बैठकका लागि १० वटा एजेन्डा तयार पारेको हो। 

महामन्त्री विश्वप्रकाश शर्माका अनुसार यस्ता छन् ती १० एजेन्डा– 

१. समसामयिक विषय (आर्थिक, परराष्ट्र)

२. सांगठनिक कार्ययोजना र कार्यतालिका 

३. केस बैठक बस्दा कार्यसम्पादन समितिको निर्णय प्रस्ताव 

४. निर्वाचन परिचालन समितिको प्रतिवेदन 

५. नीति अधिवेशन सम्बन्धमा 

६. विभागहरू गठन, थप र कामको व्याख्या

७. राष्ट्रव्यापी अभियानको घोषणा 

८. अनुशासन समितिको प्रतिवेदन पेस 

९. संसद्‍मा सम्पादन भएका कामकाजहरूको प्रतिवेदन 

१०. सरकारको गतिविधिबारे जानकारी 

तर हाल थुनामा रहेका नेता बालकृष्ण खाँणबारे के गर्ने भन्ने टुंगो गरिएको छैन। नक्कली शरणार्थी प्रकरणमा जेल गएका उनलाई निलम्बन गर्ने/नगर्नेमा कांग्रेस अझै अनिर्णित छ।

यसअघि महामन्त्री गगन थापासहितले खाँणलाई गम्भीर फौजदारी अभियोग लागेकाले निलम्बन गर्नुपर्ने माग गरेका थिए। तर सभापति देउवानिकट खाँण निलम्बनको विषयले यो कार्यसमिति बैठकमा प्रवेश पाउने कुराको अझै टुंगो लागेको छैन। 

यो बैठकमा संस्थापन इतर समूहले खाँण प्रकरण उठाउने तयारी गरेको बताइएको छ। 

महामन्त्री शर्माले सोमबार पदाधिकारी बैठकमा भएको छलफलअनुसार केन्द्रीय कार्यसमिति बैठक प्रत्यक्ष प्रसारण गरिने सम्भावना रहेको जानकारी पनि दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .