ad ad

राजनीति


पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

नेपालखबर
साउन ६, २०८० शनिबार १८:४३, काठमाडौँ

उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटाली प्रस्थान गरेसँगै खड्कालाई कार्यवहाकको जिम्मेवारी दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ। 

उनको अनुपस्थितिमा दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीकै सिफारिसमा खड्काले सम्हाल्नेगरी तोकेको राष्ट्रपति कार्यालयका प्रवक्ता शलजा रेग्मी भट्टराईले जारी विज्ञप्तिमा उल्लेख छ। 

इटालीको राजधानी रोममा हुने संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड शनिबार साँझ त्यसतर्फ प्रस्थान गरेका हुन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .