ad ad

राजनीति


२६ सहसचिव सरुवा, को कहाँ? (सूचीसहित)

२६ सहसचिव सरुवा, को कहाँ? (सूचीसहित)

नेपालखबर
साउन ७, २०८० आइतबार १६:३४, काठमाडौँ

सरकारले २६ जना सहसचिवको सरुवा गरेको छ। सामान्य प्रशासनमन्त्री अमनलाल मोदीको निर्णय अनुसार विभिन्न मन्त्रालय अन्तरगतका सहसचिवहरु सरुवा गरिएको हो।

निर्णय अनुसार जाजरकोटका प्रमुख जिल्ला अधिकरी फेरिएका छन्। ललितपुर र पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पनि परिवर्तन गरिएको छ।

राष्ट्रिय किताबखानाका महानिर्देशक टोकराज पाण्डेय अर्थमन्त्रालयमा सरुवा भएका छन्। जाजरकोटका प्रमुख जिल्ला अधिकारी रामकुमार महतो सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएका छन्।

बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्रालयका सहसचिव अस्मान तामाङले अख्तियार दुरुपयोग अनुसन्धान आगोगमा जिम्मेवारी पाएका छन्।

पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमा श्यामकृष्ण थापा सरुवा भएका छन्। यसअघि पोखरा महानरपालिकामा कार्यरत वीरेन्द्रदेव भारती ललितपुर महानगरपालिकामा सरुवा भएका छन्। ललितपुर महानगरपालिकाका सहसचिव गणेश अर्याललाई गृहमन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ।

यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई गृह मन्त्रालय वा मातहत र मशेध प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव भिष्म कुमार भुषाल बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयमा सरुवा भएका छन्।

सरुवा सूची

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .