ad ad

राजनीति


युवा संघलाई माओवादी नेता न्यौपानेको कटाक्ष- सुन तस्करीमा संलग्न नभए आत्तिन पर्दैन

सरकारको समर्थनमा हस्ताक्षर अभियान
युवा संघलाई माओवादी नेता न्यौपानेको कटाक्ष- सुन तस्करीमा संलग्न नभए आत्तिन पर्दैन

नेपालखबर
साउन ८, २०८० सोमबार ६:५१, काठमाडौँ

अखिल (क्रान्तिकारी) का पूर्व अध्यक्ष एवं नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य नरेन्द्र न्यौपानेले सुन तस्करीमा संलग्न नभएकाहरू गृह मन्त्रालय वा सरकारसँग तर्सिन नपर्ने टिप्पणी गरेका छन्।  

आइतबार काठमाडौंको माइतीघरमा अखिल (क्रान्तिकारी) को सामाजिक सरोकार विभागद्वारा सरकारको समर्थनमा सुरु गरिएको हस्ताक्षर अभियान उद्घाटनका क्रममा उनले उक्त विचार राखेका हुन्। 

सरकारले नक्कली भुटानी शरणार्थीदेखि सुन प्रकरणसम्मको कारबाहीमा दोषी ठूलै पद र ओहदाकालाई पनि नछाडेको तर निर्दोषले भने डराउन नपर्ने उल्लेख गर्र्दै उनले युवा संघलाई नआत्तिन आग्रह गरे।

‘सरकारले कारबाही थालेपछि एमाले सम्बद्ध व्यक्तिहरूको संलग्नतामा युवा संघले सडकमा मसाल बाल्यो, गृहमन्त्रीको राजीनामा मागेको छ। तर तस्करी युवा संघ संलग्न छैन भने यसरी आत्तिन पर्दैन।’

न्यौपानेले अगाडि भने, ‘सरकारले दोषी र उसका संरक्षकलाई पानीमुनि गए पनि छाड्दैन, जुलुस, मसाल र घेराउ गरे भनेर सरकार पछि हट्दैन।’ 

अखिल (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले हस्ताक्षर गरी सुरु भएको हस्ताक्षर अभियान १ हप्तासम्म चल्ने र अभियाले १ लाख हस्ताक्षर गरी प्रधानमन्त्रीलाई बुझाउने कार्यक्रम रहेको उपाध्यक्ष सूर्यनारायण साहले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .