विपक्षी दल नेकपा (एमाले) को भातृ संगठन अनेरास्ववियुले अब शैक्षिक संस्थामा तालाबन्दी नगर्ने भएको छ।
शैक्षिक आन्दोलनको नाममा हुने तालाबन्दीको कारण विद्यालय, क्याम्पस र विश्वविद्यालयहरूमा पठन पाठन प्रभावित भई रहेको वर्तमान अवस्थामा तालबन्दी रहित शिक्षालय र शैक्षिक सुधार अभियान अन्तर्गत अनेरास्ववियुले शैक्षिक संस्थामा तालाबन्दी नगर्ने घोषणा गरेको अध्यक्ष समिक बडालले बताएका छन्।
अनेरास्ववियुले मंगलबार जारी गरेको विज्ञप्तिमा मातहतका कमिटीहरुलाई कुनै पनि शैक्षिक संस्थामा तालाबन्दी नगर्न र गरिएको भए तत्काल ताला खोलेर आन्दोलनलाई धर्ना, रिले अन्सन र सत्याग्रह लगायत अन्य रचनात्मक माध्यमबाट सरोकारवाला विद्यार्थीहरुको सहभागितामा अगाडि बढाउन निर्देशन गरिएको छ।
अनेरास्ववियुले शिक्षा क्षेत्रमा देखिएका बेथिति अन्त्यका लागि अग्रमोर्चामा रहने प्रतिबद्धता समेत व्यक्त गरेको छ।
Shares
प्रतिक्रिया