ad ad

राजनीति


एमाले संसदीय दलको बैठक बस्दै, सुन प्रकरणमा सरकारको धारणा माग्ने

एमाले संसदीय दलको बैठक बस्दै, सुन प्रकरणमा सरकारको धारणा माग्ने

फाइल तस्बिर


नेपालखबर
साउन १०, २०८० बुधबार ११:१३, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ।

प्रमुख सचेतक पदम गिरीका अनुसार संसद् भवन नयाँबानेश्वरस्थित ल्होत्से हलमा अहिले मध्यान्ह १२ बजे संसदीय दलको बैठक बोलाइएको हो।

गत बुधबार त्रिभुवन विमानस्थलबाट बरामद गरिएको १०० केजी सुन प्रकरणमा सरकारले प्रतिपक्षी दलहरुलाई आक्षेप लगाएको भन्दै एमाले रुष्ट छ।

यही प्रकरणमा एमालेले सरकारसँग धारणा माग्ने भएको छ। कम्बोडिया भ्रमणबाट फर्किने क्रममा सोमबार राति एमाले अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री नारायणकाजी श्रेष्ठको चर्को आलोचना गरेका थिए।

उनले गृहमन्त्रीको गैरजिम्मेवारीपनले हद नाघेको भन्दै आक्रोश पोखेका थिए। 

सुन प्रकरणमा केही सञ्चारमाध्यमहरुले व्यवसायी दीपक मल्होत्रा र एमाले अध्यक्ष ओलीलाई जोड्दै आएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .