ad ad

राजनीति


राजनीतिक प्रतिवेदन पेस गर्दै प्रचण्डले भने- पार्टी पुनर्निर्माणसँगै विघटनको खतरा पनि छ

राजनीतिक प्रतिवेदन पेस गर्दै प्रचण्डले भने- पार्टी पुनर्निर्माणसँगै विघटनको खतरा पनि छ

नेपालखबर
साउन १७, २०८० बुधबार १४:८, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पुनःनिर्माणको सम्भावनासँगै विघटनको खतरा पनि रहेको बताएका छन्। 

बुधबार काठमाडौंमा सुरु पार्टीको केन्द्रीय समितिको बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै प्रचण्डले पार्टी पुनर्निमाणको सम्भावना जति छ, पार्टी विघटन हुने खतरा पनि उत्तिकै रहेको चेतावनी दिएका हुन्। 

‘पार्टीमा व्यक्तिवादी र गुटबन्दी मौलाएको छ, त्यसकारण पार्टी विघटनको खतरा पनि छ’, उनले भने, ‘समाजवादी मोर्चा बनाएर एकता प्रक्रिया थालिएकाले पार्टी पुनःनिर्माणको सम्भावना पनि छ।’ 

श्रमजीविभन्दा सभ्रान्त वर्ग खोज्दै हिँड्ने नकारात्मक प्रवृत्ति पार्टीभित्र बढेको प्रचण्डले बताए।    

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .