ad ad

राजनीति


संसदीय समितिमा भागबन्डा : कांग्रेस ४, एमाले ३, माओवादी २, जसपा १

रास्वपा र राप्रपाले कुनै समिति नपाउने
संसदीय समितिमा भागबन्डा : कांग्रेस ४, एमाले ३, माओवादी २, जसपा १

फाइल तस्बिर


नेपालखबर
साउन २२, २०८० सोमबार १२:३५, काठमाडौँ

दलहरुले लामो समयपछि संसदीय समितिमा भागबन्डा मिलाएका छन्। 

निर्वाचनको करिब ८ महिनापछि दलहरुले संसदीय समितिमा भागबन्डा मिलाउँदै बाँडफाँट गरेका हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार बसेको संसदीय दलको बैठकमा समितिमा भागबन्डा मिलेको जानकारी दिएका हुन्। 

दाहालका अनुसार संसदीय समिति सबैभन्दा धेरै ४ वटा कांग्रेसलाई परेको छ।  त्यसपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई ३, सत्तारुढ नेकपा माओवादी केन्द्रलाई २ र जनता समाजवादी पार्टीका लागि १ वटा छुट्याइएको छ।

दलहरुले बाँकी रहेका २ वटामा एकीकृत समाजवादी र जनतम पार्टीलाई दिने गरी भागबन्डा मिलाएका छन्। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई भने दलहरुले एउटा पनि समिति नदिने गरी सहमति गरेका छन्।

बैठकमा प्रचण्डले राष्ट्रिय प्रजातन्त्र पार्टी र रास्वपालाई कुनै समिति दिन नसकिने अवस्था आएको जानकारी गराएका थिए। संसद्‍मा रास्पवाका २१ र राप्रपााका १४ सांसद छन्। जनमत पार्टीका ६ सांसद छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .