ad ad

राजनीति


राष्ट्रपति पौडेलले एमाले अध्यक्ष ओलीलाई भने : संसद्‍को गतिरोध अन्त्य गरौँ

राष्ट्रपति पौडेलले एमाले अध्यक्ष ओलीलाई भने : संसद्‍को गतिरोध अन्त्य गरौँ

फाइल तस्बिर


नेपालखबर
साउन ३१, २०८० बुधबार १४:१५, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीले भेटवार्ता गरेका छन्।

राष्ट्रपति भवन शीतलनिवासमा बुधवार भएको भेटमा समसामयिक राजनीति र संसद्का गतिरोधबारे छलफल भएको  थियो राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताए।

पोखरेलका अनुसार भेटमा राष्ट्रपति पौडेलले लामो समय संसद् चल्न नसक्दा जनतामा नैराश्यता बढ्ने र संसदप्रति नै नकारात्मक प्रभाव पर्ने भएकाले गतिरोध अन्त्य गर्न ध्यानाकर्षण गराएका छन्। 

पौडेलले सत्ता र प्रतिपक्षलगायत संसद्‍का सबै दलहरूलाई विश्वासको वातावरण बनाएर अघि बढ्न सुझाव पनि दिएका छन्।

 प्रमुख प्रतिपक्षी दलका नेता ओलीले राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे चासो राखेको पोखरेलले बताए।

गत साउन १० गतेदेखि अवरुद्ध भइरहेको संसद्‍ खुल्न नसक्दा कयौँ विधेयक अलपत्र छन्। 

संसद् खुलाउनेबारेमा बुधबार मात्रै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ गठबन्धनका नेताहरुको बैठक बसेको थियो।

यसअघि साउन २६ मा सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले संसद्‍‍को गतिरोध खुलाउने पहलका लागि राष्ट्रपतिसँग सहयोग मागेका थिए।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .