ad ad

राजनीति


सर्वदलीय बैठकअघि ओलीलाई फोन गर्दै प्रचण्डले भने- स्वास्थ्य कस्तो छ?

ओलीको जवाफ- अलिक सन्चो भएको छ, आउँछु
सर्वदलीय बैठकअघि ओलीलाई फोन गर्दै प्रचण्डले भने- स्वास्थ्य कस्तो छ?

नेपालखबर
भदौ ४, २०८० सोमबार १६:९, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच टेलिफोन वार्ता भएको छ। सोमबार साँझ ७ बजे बस्ने सर्वदलीय बैठकअघि प्रधानमन्त्री प्रचण्डले प्रतिपक्षी दल एमालेका अध्यक्ष ओलीलाई फोन गरेका हुन्।

सोमबार बिहानै विविध कार्यक्रममा सरिक हुन प्रधानमन्त्री प्रचण्ड कर्णाली प्रदेशको राजधानी सुर्खेत गएका थिए। सुर्खेतका कार्यक्रम सकेर काठमाडौं फर्कने तयारी भएपछि मौसम बिग्रिएपछि प्रधानमन्त्री प्रचण्ड उतै अड्किएका छन्। 

आफू वेइटिङमा भएको जानकारी गराउँदै प्रधानमन्त्रीले अध्यक्ष ओलीको स्वास्थ्यबारे जानकारी लिएका थिए।

‘तपाईंलाई कस्तो छ? आज बैठकमा आउनुस् है? भनेर पीएमले भनेको मैले बुझेको छु,’ एमाले उपाध्यक्ष सुवास नेम्वाङले नेपालखबरसँग भने, ‘अहिले भर्खर पनि उहाँहरुबीच फोनमा कुराकानी भएरै बैठक ७ बजेलाई सारिएको हो।’

प्रधानमन्त्री आउन ढिला हुने भएपछि सर्वदलीय बैठक साँझ ७ बजेसम्मका लागि सरेको छ। 

विमानस्थल परिसरबाट बरामद ६० किलो सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने एमालेको अडान छ। 

यसअघि आइतबार सिंहदरबारमा बसेको ७ राष्ट्रिय मान्यता प्राप्त दलहरूको बैठकमा सहमति नजिक पुगेको छ। आइतबारको बैठकमा भने उनी उपस्थित भएका थिएनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .