ad ad

राजनीति


एमसीसीको व्याख्यात्मक घोषणा ‘लाज ढाक्ने धोती’ बाहेक केही हैन : झलनाथ खनाल

एमसीसीको व्याख्यात्मक घोषणा ‘लाज ढाक्ने धोती’ बाहेक केही हैन : झलनाथ खनाल

नेपालखबर
भदौ ५, २०८० मंगलबार २०:२५, काठमाडौँ

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमसीसी परियोजना संसद्बाट पारित गराउन भएको व्याख्यात्मक घोषणा ‘लाज ढाक्ने धोती’ बाहेक केही नभएको टिप्पणी गरेका छन्। 

अमेरिकाले जुन सर्त र स्वार्थमा सम्झौता अघि बढाएको छ त्यसलाई मान्नु नेपाल र नेपालीको स्वाभिमानमा कलंक ल्याउने काम भएको उनले बताएका छन्। 

पार्टीको आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा ‘डिस्कसन नोट’ प्रस्तुत गर्दै खनालले गम्भीर राष्ट्रिय सवालमा कसैले मतलब नराखेको बताएका छन्। 

‘अझ कथित, व्याख्यात्मक घोषणा त्यो केही मानिसहरूको लागि लाज ढाक्ने धोति बाहेक केही भएन। त्यसलाई अहिले सम्मका घटनाक्रमले सावित गरेको छ,’ खनालले भनेका छन्, ‘यतिलामो समय सम्म न अमेरिकाले न नेपाली कांग्रेसले न माओवादी पार्टीले न कसैले त्यो व्याख्यात्मक घोषणा बारेमा चर्चा गरेका छन। सबैले त्यसलाई बिर्संदै गएका छन्।’ 

साथै, उनले डोनाल्ट लु नेपाल आएर नेताहरूलाई औंला ठड्याएर गएको पनि बताएका छन्। ‘डोनाल्ड लुले अस्ति भर्खर आएर सबै नेताहरूलाई ‘‘खबरदार लागू नगरेमा’’ भनेर औंला ठड्याएर गइसकेको छ,’ खनालले आफ्नो नोटमा भनेका छन्। 

एमसीसी सम्झौता लागू गर्दा संघर्ष र प्रतिरोधका नयाँ झिल्काहरु देखा पर्न सक्ने खनालले बताउँदै उनले सन् १९५० मा भएको महाकाली सन्धीको नियति दोहोरिने खतरा रहेको बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .