ad ad

राजनीति


प्रधानमन्त्री प्रचण्ड बुटवल जाँदै

प्रधानमन्त्री प्रचण्ड बुटवल जाँदै

फाइल तस्बिर


नेपालखबर
भदौ १२, २०८० मंगलबार ९:३९, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज दिउँसो बुटवल जाँदैछन्।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड समाजवादी मोर्चाले आयोजना गर्न लागेको घोषणसभालाई सम्बोधन गर्न बुटवल जान लागेका हुन्।

बुटवलस्थित अन्तर्राष्ट्रिय समम्मेलन केन्द्रमा हुने सभालाई मोर्चामा आबद्ध चार दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको जनता समाजवादीका नेता मनिकर कार्कीले जानकारी दिए। 

सभालाई प्रचण्डसँगै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र जनता समाजवादीका केन्द्रीय परिषद् सदस्य तथा प्रदेश इन्चार्ज राजकिशोर यादवलगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .