ad ad

राजनीति


एमाले लुम्बिनीको अध्यक्षमा विष्णु पौडेल खेमाका राधाकृष्ण कँडेल विजयी

एमाले लुम्बिनीको अध्यक्षमा विष्णु पौडेल खेमाका राधाकृष्ण कँडेल विजयी

नेपालखबर
भदौ २०, २०८० बुधबार ७:५०, काठमाडौँ

नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा राधाकृष्ण कँडेल विजयी भएका छन्। 

प्रतिस्पर्धी हरि रिजाललाई २ मतान्तर मात्रैले पराजित गर्दै प्रदेश कमिटी अध्यक्षमा कँडेल विजयी भएका हुन्। 

कँडेलले ४ सय ७९ मत प्राप्त गर्दा रिजालले ४ सय ७७ मत मात्रै प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ।

रुपन्देहीको बुटवलमा चार दिनदेखि जारी एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनमा सहमति नजुटेपछि नेतृत्व चयनको लागि मंगलबार मतदान भएको थियो। 

कँडेल र रिजाल समूह प्यानलै बनाएर निर्वाचनमा होमिएका थिए। कँडेल एमाले उपाध्यक्ष विष्णु पौडेल निकट मानिन्छन्।

अध्यक्षमा पराजित हुने रिजाल एमाले महासचिव शंकर पोखरेल निकटका नेता हुन्।

एमाले लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा आफू निकटलाई विजयी बनाउन पौडेल र पोखरेल कम्मर कसेर लागेका थिए।

त्यसैगरी कमिटीको उपाध्यक्षमा भोजप्रसाद श्रेष्ठ ४ सय ५५ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी विश्वराज बरालले ३ सय ६ मत मात्रै प्राप्त गरेका छन्।

 सचिवमा लक्ष्मण आचार्य निर्बिरोध निर्वाचित भएका छन्। 

कमिटीको उपसचिवमा पूर्ण बुढामगर ४ सय १८ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी दुर्गाप्रसाद थारुले ३ सय ९३ मत प्राप्त गरेका छन्। 

महिला उपसचिवमा लीला राना मगर १ मत बढी ल्याएर विजयी भएकी छन्। 

मगर ३ सय ५२ मतसहित विजयी हुँदा उनकी निकटतम प्रतिस्पर्धी वसन्ती अधिकारीले ३ सय ५१ मत मात्रै प्राप्त गरेकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .