नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङको निधन भएपछि समाजवादी मोर्चाले मंगलबार गर्ने भनेको सुदूरपश्चिम प्रदेशको सन्देश सभा स्थगित गरिएको छ।
संविधानसभा अध्यक्ष नेम्वाङको निधनपछि आजको सन्देशसभा स्थगित गरिएको नेकपा एकीकृत समाजवादीकी सुदूरपश्चिम प्रदेश इन्चार्ज गरिमा शाहले बताइन्।
उक्त सभामा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव नेपाल, नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लव सी सहितलका नेताले सम्बोधन गर्ने तयारी थियो।
24
Shares
प्रतिक्रिया