ad ad

राजनीति


राजा माग गर्दै राप्रपा नेपालले आज राजधानीमा र्‍याली र सभा गर्ने

राजा माग गर्दै राप्रपा नेपालले आज राजधानीमा र्‍याली र सभा गर्ने

फाइल तस्बिर


नेपालखबर
भदौ २९, २०८० शुक्रबार १०:१५, काठमाडौँ

कमल थापा नेतृत्वको राप्रपा नेपालले आज शुक्रबार काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ। 

संघीय गणतन्त्रका नाममा भ्रष्ट व्यवस्था कायम गरिएको आरोप लगाउँदै उसले यसको अन्त्य माग गरेको छ। 

राजासहितको प्रजातन्त्र, सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितकको सनातन हिन्दुराज्य, संघीयता होइन, सुदृढ स्थानीय स्वायत्त शासनको माग गर्दै राप्रपा नेपालले आज राजधानी प्रदर्शन गर्ने भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

भ्रष्टाचार, बेरोजगारी ,धर्मपरिवर्तन, महँगी र कुशासनविरुद्धमा जनता सडकमा आउन बाध्य भएको उनको भनाइ छ।

आज दिउँसो १ बजे भद्रकालीबाट सुरु हुने र्‍याली भृकुटीमण्डपमा आएर विरोध सभामा परिणत हुने उनले बताए। 

सभालाई पार्टी अध्यक्ष कमल थापालगायत नेताले सम्बोधन गर्ने राप्रपा नेपालले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .