ad ad

राजनीति


सर्वोच्च अदालतको न्यायाधीशमा विनोद शर्माको नाम अनुमोदन

सर्वोच्च अदालतको न्यायाधीशमा विनोद शर्माको नाम अनुमोदन

नेपालखबर
भदौ २९, २०८० शुक्रबार १५:३, काठमाडौँ

सर्वोच्च अदालतको न्यायाधीशमा विनोद शर्माको नाम अनुमोदन भएको छ।

शुक्रवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले उच्च अदालत पाटनका न्यायाधीश शर्मालाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्ति गर्न न्यायपरिषद्ले गरेको सिफारिस सर्वसम्मतिले अनुमोदन गरेको हो।

योग्यता, क्षमता र अनुभवको आधारमा शर्मालाई सर्वाेच्च अदालतको न्यायाधीश पदका लागि गरिएको सिफारिस सर्वसम्मतिले अनुमोदन गरिएको समितिका ज्येष्ठ सदस्य (सभापति) पशुपति समशेर जबराले जानकारी दिए।

उनले भने, ‘न्याय परिषदबाट सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तीको लागि सिफारिस गरी मिति २०८५/५/११ मा समितिमा पत्र प्राप्त भएको थियो। संसदीय सुनुवाई समिसतिको मिति २०८०/५/१५ गते बसेको बैठकले प्रश्तावित सर्वोच्च अदालतको न्यायाधीश उपर उजुरीका लागि १० दिनको समयावधि राखि उजुरी सूचना प्रकाशन, प्रशारण गर्ने निर्णय गरेको थियो। उक्त अवधिमा निजउपर कुनैपनि सूचना वा उजुरी समिति समक्ष प्राप्त भएको थिएन। त्यसपछि आजै प्रस्तावित न्यायाधीशलाई समितिमा आमन्त्रित गरी संसदीय सुनवाई कार्य समेत सम्पन्न गरियो।’

उनले थपे, ‘तत्पश्चात आजको समितिको बैठकले श्री विनोद शर्मालाई सर्वोच्च अदालतको न्यायाधीशमा प्रश्तावित गरी नेपालको संविधानको धारा २९२ को उपधारा १ बमोजिम संसदीय सुनुवाईका लागि प्राप्त भएकोमा संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति नियमावली २०८० तथा संसदीय सुनुवाई समितिको कार्यविधि २०८० बमोजिम समितिले सुनुवाई गर्दा प्रश्तावित व्यक्तिको योग्यता, क्षमता र अनुभव समेतको आधारमा संघीय संसदको संयुक्त बैठक र संयुक्त समितिमा नियमावली २०८० को नियम २६ को उपनियम ५ बमोजिम प्रश्तावित व्यक्तिलाई सर्वोच्च अदालतको न्यायाधीशका लागि अनुमोदन गर्ने प्रश्ताव पारित गरियो।’

शर्मामाथि संसदीय सुनुवाई समितिमा कुनैपनि उजुरी परेको थिएन। न्याय परिषद्को गत भदौ १० गते बसेको बैठकले उनलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तीका लागि सिफारिस गर्ने निर्णय गरेको थियो। संसदीय सुनुवाई समितिले अनुमोदन गरेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्नेछन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .