ad ad

राजनीति


एमाले बागमती : चार जिल्लाबाट सर्वसम्मत, पदाधिकारीका सबै पदमा निर्वाचन हुने

एमाले बागमती : चार जिल्लाबाट सर्वसम्मत, पदाधिकारीका सबै पदमा निर्वाचन हुने

एमालेको निर्वाचनस्थल च्यासलमा छरिएका प्रचा


नेपालखबर
असोज १२, २०८० शुक्रबार १२:१६, काठमाडौँ

नेकपा एमाले बागमती प्रदेश कमिटीको पहिलो अधिवेशनमा अझै पनि निर्वाचन सुरु हुन सकेको छैन।

नयाँ कमिटी सर्वसम्मत बनाउने केन्द्रीय नेतृत्वको चहाना पूरा गराउन अझै पनि नेताहरुलाई मिलाउने कोसिस भइरहेको छ।

अध्यक्षका लागि रामेछापका कैलाश ढुंगेल र मकवानपुरका कृष्णप्रसाद दाहाल भिड्ने पक्का भइसकेको छ। तर अध्ययक्ष केपी शर्मा ओलीसहितका नेताहरु सकेसम्म सर्वसम्मत गराउने कोसिसमा लागेका हुन्।

उनीहरुको कोसिसका बावजुद अध्यक्षदेखि सबै पदाधिकारी पदमा चुनाव नै हुने भएको छ।

अहिलेसम्म प्रदेश कमिटीका लागि चितवन, सिन्धुपाल्चोक, काभ्रे र रसुवाबाट सर्वसम्मत नेतृत्वको टुंगो भएको छ। अरु जिल्लाबाट पनि केही नेता आशिंक निर्विरोध निर्विरोध निर्वाचित भएका छन्। 

एमाले बागमतीको सचिवमा पनि अध्यक्षमा जस्तै दुईजनाबीच भिडन्त हुने पक्का भएको छ। सचिवमा ललितपुरमा पूर्वसांसद नवराज सिलवाल र हस्त पण्डितबीच प्रतिस्पर्धा हुने देखिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .