ad ad

राजनीति


चिनियाँ जहाजबारे सम्पूर्ण विवरणसहित उपस्थित हुन सरकारलाई संसदीय समितिको निर्देशन

चिनियाँ जहाजबारे सम्पूर्ण विवरणसहित उपस्थित हुन सरकारलाई संसदीय समितिको निर्देशन

नेपालखबर
असोज १८, २०८० बिहिबार १४:३९, काठमाडौँ

प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले चिनियाँ जहाजबारे सम्पूर्ण विवरणसहित समितिमा उपस्थित हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ।

बिहीवार सिंहदरबारमा बसेको समितिको बैठकले चिनियाँ जहाजबारे सम्पूर्ण विवरणसहित समितिमा उपस्थित हुन मन्त्रालयलाई निर्देशन दिएको हो।

बैठकको निर्णय सुनाउँदै समितिका सभापति राजकिशोर यादवले नागरिक उड्डयन सम्बन्धित दुई वटा विधेयकको बारेमा पनि आगामी समितिको बैठकमा पूर्ण जानकारी सहित उपस्थित हुन निर्देशन दिए।

उनले भने, ‘चिनियाँ जहाजको बारेमा अर्को बैठकमा, कति सालमा, के समयमा? कतिमा खरिद भयो? र कसरी हाम्रो नेपाल वायु सेवा निगमको पार्ट बन्न पुग्यो? त्यसको बाहिर टेक्निकल्ली कुन कुन देशले किनेको छ? के रहेछ? इन्डिटेल कसरी जाने? भन्ने बारेमा समितिलाई जानकारी गराउन निर्देशन दिन्छु।’

उनले मन्त्रालयले समितिलाई चिनियाँ जहाज कसरी नेपाल वायुसेवाको भाग बन्यो भन्नेबारेमा पनि जानकारी गराउनुपर्ने बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .