नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनमा निर्वाचनमा मोबाइल,पर्चा पम्लेट लैजान रोक लगाइएको छ।
बिहीवार मतदान सुरु हुनुअघि प्यानलगत नबनोस् भन्नको लागि मोबाइल, पर्चा पम्लेट लैजान रोक लगाइएको हो। प्यानलगत नबनोस् भन्न र पार्टी सुदृढ गर्नको लागि निर्वाचन क्षेत्रमा प्रवेश गर्दा सो सामग्री लैजान रोकिएको निर्वाचन अधिकृत सुरेन्द्र थापा मण्डलले बताए।
गण्डकी प्रदेश इन्चार्ज गोकर्ण विष्टले विजय प्राप्त नगर्नेलाई यथोचित जिम्मेवार दिने र भोलिका दिनमा पार्टी सुदृढ बनाउन उनीहरुको भूमिका उल्लेखनीय रहने बताए।
अहिले निर्वाचन प्रक्रिया चलिरहेको छ भने अबको केही समय पश्चात उम्मेदवारिको घोषण गरिने निर्वाचन अधिकृतले जानकारी दिएका छन्।
63
Shares
प्रतिक्रिया