ad ad

राजनीति


भविष्य अन्धकार देखेपछि कांग्रेस र माओवादीले एमालेको विरोध गरे : ओली

भविष्य अन्धकार देखेपछि कांग्रेस र माओवादीले एमालेको विरोध गरे : ओली

नेपालखबर
असोज २४, २०८० बुधबार १९:४२, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो भविष्य अन्धकार देखेपछि नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले एमालेको विरोध गरेको टिप्पणी गरेका छन्। 

नेकपा एमाले मधेस प्रदेशको पहिलो अधिवेशनको उदघाटन गर्दै बुधबार उनले यस्तो बताएका हुन्। 

एमालेको विरोध एमाले अयोग्य, असक्षम र काम गर्न नसकेर नभइ देशलाई विकासको बाटोमा लैजानसक्ने एउटै पार्टी एमाले भएकाले विरोध गरिएको बताए। उनले एमालेको लोकप्रियताले माओवादी र कांग्रेस आत्तिएको बताउँदै माओवादी र कांग्रेस नसच्चिएसम्म देशमा दुई पार्टीको भविष्य नरहेको पनि बताए।

‘एमालेको बिरोध किन? गरेका छन् भन्दा एमाले अयोग्य, असक्षम भएर होइन, काम गर्न नसकेर होइन। एमाले सशक्त छ, योग्य छ, काम गर्नसक्छ। मौका पाए देशलाई विकासको बाटोमा अघि लैजान सक्छ। देशमा सुशासन ल्याउनसक्छ,’ उनले भने, ‘शान्ति सुव्यवस्था कायम गर्नसक्छ, त्यसो भएपछि विरोध भइरहेको छ। अनि आत्तिएका छन्, काँग्रेस हामीसँग आत्तिएको किन, आफ्नै भविष्य अन्धकार देख्न थालेर। माओवादी आत्तिएको किन? आफ्नो भविष्य अन्धकार देख्न थालेर। तपाईंहरू सच्चिनु हुँदैन भने एमालेको विरोध गरेर मात्रै तपाईंहरूको भविष्य छैन। नसच्चिए त तपाईंहरूको भविष्य अन्धकार भएर जाने नै हो।’

अध्यक्ष ओलीले युवाहरुमा देशमा केही हुन्छ भन्ने आशा सकिँदै गएको बताए। 

उनले २०८४ को निर्वाचनका लागि अहिलेदेखि नै तयारीमा जुट्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिए।

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले देशलाई समृद्ध बनाउनका लागि एमाले नेतृत्वको सरकार आवश्यक रहेकाले एकल बहुमत ल्याउने गरी तयारी लाग्नु अहिलेदेखि नै आवश्यक रहेको पनि बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .