ad ad

राजनीति


मोदीसँगको भेटवार्ता सकारात्मक: प्रधानमन्त्री

भारतीय प्रधानमन्त्रीले चाँडै नेपालको भ्रमण गर्ने
मोदीसँगको भेटवार्ता सकारात्मक: प्रधानमन्त्री

नेपालखबर
असोज ७, २०८१ सोमबार ७:४१, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओेली र छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच अमेरिकाको न्युयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ। उनीहरूबीच दुवै मुलुकका विदेशमन्त्री र अन्य अधिकारीसहित टोते न्युयोर्क प्यालेस होटलमा भेटवार्ता भएको हो।

भेटपछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री माेदीसँगकाे भेटवार्ता सकारात्मक भएको बताए। 

मोदीसँगको भेटमा सहभागी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले भेटवार्ता सौहार्दपूर्ण भएको प्रतिक्रिया दिइन्। उनले भारतीय प्रधानमन्त्री मोदीले चाँडै नेपालको भ्रमण गर्ने जानकारी पनि दिइन्।

दुई प्रधानमन्त्रीबीचको भेटमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री राणा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, नियोगका प्रतिनिधि (राजदूत) लोकबहादुर थापा तथा भारतका तर्फबाट विदेशमन्त्री एस जयशङ्कर, विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीलगायत सहभागी थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .