राजनीति


संघीय लोकतान्त्रिक गणतन्त्रलाई परिवर्तन गर्ने शक्ति नेपालमा छैन : निधि

संघीय लोकतान्त्रिक गणतन्त्रलाई परिवर्तन गर्ने शक्ति नेपालमा छैन : निधि

नेपालखबर
मंसिर ९, २०८० शनिबार १९:३०, काठमाडौँ

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री विमलेन्द्र निधिले लोकतन्त्रविरोधी केही व्यक्तिले हल्ला गर्दैमा व्यवस्था परिवर्तन नहुने बताएका छन्।

शनिबार जनकपुरको एक कार्यक्रममा उनले नेपाली जनताकै आन्दोलनको बलमा मुलुक संघीय गणतन्त्रात्मक व्यवस्था आएकाले त्यसलाई बदल्ने शक्ति कसैमा पनि नरहेको जिकिर गरे।

अर्को प्रसंगमा निधिले २०८४ सम्म यही गठबन्धनको सरकार टिक्ने दाबीसमेत गरे।

‘अहिले माओवादी केन्द्रको नेतृत्वमा सरकार छ, यसपछि एकीकृत समाजवादी र कांग्रेस नेतृत्वको सरकार रहनेछ,’ उनले भने।

उनले गठबन्धनभित्र ३ प्रधानमन्त्रीले यो संसदकाल चलाउने सहमति भएको र अहिलेसम्मको यही सहमतिअनुसार गठबन्धन चलिरहेको बताए। कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेका मनोज चौधरी नेतृत्वको समूहलाई नेता निधिले कांग्रेसमा स्वागत गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .