जनता समाजवादी पार्टी (जसपा) को गण्डकी प्रदेश समिति पुनर्गठन भएको छ। शनिबार पोखरामा आयोजित कार्यक्रमबाट गोपाल गुरुङको अध्यक्षतामा पार्टीको ५१ सदस्यीय प्रदेश समिति निर्माण गरिएको हो।
समितिको उपाध्यक्षमा मधुकर न्यौपाने, मिमा गुरुङ मुख्य सचिव हेमन्त थापा मगर सचिव तिलकबहादुर गुरुङ, राम तामाङ, चन्द्र तामाङ मुस्कान र कोषाध्यक्षमा दिलिप गुरुङलाई चयन गरिएको जसपा केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभागले जनाएको छ।
पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् गण्डकी प्रदेश समितिका इन्चार्ज शिवलाल थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रदेश समितिका सह इन्चार्जलगायतका नेताहरुको उपस्थिति थियो।
36
Shares
प्रतिक्रिया