नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आगामी माघ दोस्रो साताका लागि तय गरिएको पार्टीको महाधिवेशन प्रभावित नहोस् भन्नेमा रहेको बताएका छन्।
सोमबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै खनालले केही माखे–साङ्ला परेको भए पनि त्यसबारे छलफल भइरहेको बताए।
‘महाधिवेशनबारे छलफल गर्दैछौँ। ठ्याक्कै १० गते राष्ट्रियसभा चुनाव हुने भयो। त्यसमा पनि पार्टी इन्गेज हुनुपर्ने भएको छ,’ नेता खनालले भने, ‘त्यस्ता केही माखे साङ्ला परेका छन्। त्यसमा हामी सोच्दैछौँ, भोलि छलफलपछि भन्छौँ।’
राष्ट्रियसभाकै निर्वाचनले महाधिवेशन प्रभावित नपारोस् भन्नेमा आफू रहेको उनले सुनाए। ‘तैपनि एक दुई हप्ता तलमाथि भएमा केही फरक हुँदैन,’ खनालले भने।
आज बसेको सचिवालय बैठकले राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको छ।
Shares
प्रतिक्रिया