ad ad

राजनीति


मध्यावधि चुनाव राजनीतिक दलको रोटी सेक्ने हल्ला मात्रै : प्रवक्ता खतिवडा

मध्यावधि चुनाव राजनीतिक दलको रोटी सेक्ने हल्ला मात्रै : प्रवक्ता खतिवडा

नेपालखबर
मंसिर १८, २०८० सोमबार १८:३०, काठमाडौँ

नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले मध्यावधि निर्वाचनको कुनै सम्भावना नभएको बताएका छन्। 

सोमबार केही राजनीतिक दलहरुले सरकारलाई अस्थिर बनाउने र कमजोर पारी राजनीतिक रोटी रोक्नका लागि मध्यावधिको हल्ला गरेको टिप्पणी गरे।

‘मध्यावधि निर्वाचनलाई पार्टीगत रुपमा छलफलको विषय बनाएका छैनौँ। नेपालको संविधानले अचानक कसैलाई चाहने बित्तिकै श्री केपी ओलीले बिगतमा दुई तिहाइ बहुमतको लागि मलाई भोट दिनुहोस् भनेर मध्यावधि घोषणा गरेजस्तो परिस्थिति नेपालको संविधानले उल्लेख गरेको छैन,’ खतिवडाले भने, ‘यसले धारा ७६(२) बाट ३ हुँदै ५ सम्म नपुगिकन अरु विकल्पहरू खोज्न सकिँदैन। यसकारण मध्यावधि चुनावको आज कुनै सम्भावना देखिएको छैन। दोस्रो कुरा मध्यावधि चुनाव केही राजनीतिक दलहरुले सरकारलाई अविश्वसनीय र अस्थिर बनाउने, सरकारलाई कमजोर पार्ने र आफ्नो राजनीतिको रोटी सेक्ने हल्ला मात्रै हो भन्ने मैले बुझेको छु।’

एकीकृत समाजवादीको सचिवालय बैठक भोलि(मंगलवार) बिहान ११ बजे पुनः बस्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .