ad ad

राजनीति


राजेन्द्र लिङ्देनले भने : चुनाव कुर्न नसक्ने भयौँ, फागुनबाट आन्दोलनमा जान्छौँ

राजेन्द्र लिङ्देनले भने : चुनाव कुर्न नसक्ने भयौँ, फागुनबाट आन्दोलनमा जान्छौँ

तस्बिर : नेपालखबर


नेपालखबर
माघ ९, २०८० मंगलबार १५:५४, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरू २०८४ सालको चुनाव कुर्नै नसक्ने अवस्थामा पुगेको बताएका छन्।

मंगलबार काठमाडौँमा सम्पादकहरूसँगको छलफलका क्रममा अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन्।

राप्रपाले आगामी फागुन १ गतेदेखि देशव्यापी आन्दोलन थाल्ने घोषणा गरेको पृष्ठभूमिमा अध्यक्ष लिङ्देनले सम्पादकहरूसँग संवाद गरेका हुन्। 

‘हामी चुनाव कुर्न नस्कने भयौँ। देशको अवस्था झन् झन् बिग्रँदै गइरहेको छ। नेतृत्वले सुध्रिन चाहेन’, उनले भने, ‘देशको अवस्थामा कुनै सुधार भएन। अब हामी फागुनबाट आन्दोलनमा जान्छौँ।’

अध्यक्ष लिङ्देनले चुनाव कुर्न नसकेको प्रसंगलाई गलत भाष्यका रुपमा ब्याख्या नगरिदिन पनि सम्पादहरूलाई भने। ‘गलत नबुझिदिनुहोला। तर हामी आन्दोलनमा जानै पर्ने भयो’, उनले भने, ‘गलत भाष्य नबनाइदिनुहोला। हामीले पुरानो व्यवस्थामा फर्किने भनेका छैनौँ। पछाडि फर्किने कुरा छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .