ad ad

राजनीति


संसदीय समितिमा मन्त्री नआएपछि एमाले सांसद पन्त आक्रोशित

संसदीय समितिमा मन्त्री नआएपछि एमाले सांसद पन्त आक्रोशित

फाइल फोटो


नेपालखबर
माघ १२, २०८० शुक्रबार १५:१०, काठमाडौँ

नेकपा(एमाले)का सांसद रघुजी पन्तले संसदीय समितिलाई मन्त्रीले वेवास्ता गरेको भन्दै आक्रोश पोखेका छन्।

शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै नेता पन्तले विधेयकमाथि छलफल हुँदा मन्त्री अनिवार्य उपस्थित हुनुपर्ने माग गरे।

मन्त्रीको अनुपस्थितिमा बैठक सञ्चालन गर्नु नहुने अडान उनले राखेपछि रास्वपा सांसद सुमना  श्रेष्ठले पनि समर्थन गरेकी थिइन्।

बैठकमा अभिलेख संरक्षण ऐन,२०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफलको कार्यसूचि रहेको थियो।

सांसदहरुले मन्त्रीको अनिवार्य उपस्थिती हुनुपर्ने अडान राखेपछि बैठक अगाडि बढेन। त्यसपछि सभापति राजकिशोर यादवले बैठक स्थगित भएको जानकारी गराए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .