ad ad

राजनीति


कांग्रेस आवश्यक परे भुइँमा बस्न पनि तयार छ : महामन्त्री थापा

कांग्रेस आवश्यक परे भुइँमा बस्न पनि तयार छ : महामन्त्री थापा

नेपालखबर
माघ १२, २०८० शुक्रबार १७:५३, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस पार्टीको धर्म देशको हित गर्नु भएको बताएका छन्।

शुक्रवार ७८ औँ स्थापना दिवसको अवसरमा नेपाली कांग्रेस केन्द्रीय कार्यालयले आयोजना गरेको ‘श्रद्धा, संकल्प र सम्मान कार्यक्रम’मा बोल्दै महामन्त्री थापाले कांग्रेस पार्टीको धर्म देशको हित गर्नु भएको बताएका हुन्।

उनले कांग्रेसको धर्म भुइँमा बसेका जनताहरुलाई माथि उठाउने भएको पनि बताए। उनले सो धर्म निर्वाह गर्ने क्रममा आफूहरु सरकार अथवा भुइँमा जहाँ बस्नुपरे पनि तयार रहेको बताए।

महामन्त्री थापाले कांग्रेस पार्टी कुनै एउटा निर्वाचनको चिन्ता गर्नका लागि मात्रै स्थापना नभएको बताए। निर्वाचन पार्टी जीवनको लागि सामान्य कुरा मात्रै भएको स्पष्ट पारे।

उनले भने, ‘हामी कहिलेकाहीँ २०८४ को निर्वाचनको बारेमा चिन्ता गर्छौं। कांग्रेस पार्टी कुनै एउटा निर्वाचन लड्न, जित्न, हार्ने कुरा कांग्रेस पार्टीको जीवनको एउटा सामान्य कुरा हो। एउटा पक्ष मात्रै हो। जसरी पानीको धर्म छ। आगोको धर्म छ। रुखको धर्म छ। सूर्यको धर्म ताप दिनु हो। पानीको धर्म चिसो बनाउनु हो। आँत भिजाउनु हो। कांग्रेसको धर्म यो देशको हित गर्नु हो। यो देशको भुँइमा बसेका जनताहरुलाई माथि उठाउने यसको धर्म हो। यो धर्म निर्वाह गर्ने हो। यो धर्म निर्वाह गर्दाखेरी हामी सरकारमा बसौँला, नबसौँला, भुँइमा बसौँला, चकटीमा बस्नुपर्ला। जहाँ बस्नुपर्ला।’

महामन्त्री थापाले शनिबार (भोलि) देखि देशभर समुदायमा कांग्रेस अभियान शुरु हुने जानकारी पनि दिए।

उनले माघ १६ सहिद दिवसको अवसरमा पार्टीको ६ हजार ७४३ वटा वडामा कार्यक्रम हुने भन्दै सो कार्यक्रममा सम्बन्धित वडामा क्रियाशील सदस्यता भएका सबै नेताहरूलाई जान आग्रह गरे। उनले सहिद दिवसको दिन केन्द्र र जिल्लामा नबसी आफ्नो वडाको कार्यक्रममा जान नेताहरूलाई अनुरोध गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .