ad ad

राजनीति


भरतराज पौडेल क्यानडा र शनिल नेपाल पोर्चुगलका लागि राजदूत नियुक्त

भरतराज पौडेल क्यानडा र शनिल नेपाल पोर्चुगलका लागि राजदूत नियुक्त

नेपालखबर
माघ २६, २०८० शुक्रबार १६:६, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले क्यानडा र गणतन्त्र पोर्चुगलका लागि नेपाली राजदूत नियुक्त गरेका छन्।

भरतराज पौडेललाई क्यानाडाका लागि र शनिल नेपाललाई गणतन्त्र पोर्चुगलका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरिएको राष्ट्रिपतिको कार्यालयले जनाएको छ।

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले शुक्रबार दुई देशका लागि राजदूत नियुक्त गरेका हुन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .