सत्तारुढ नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्ने भएको छ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार यही फागुन ७—१० गतेसम्म बस्ने पार्टीको महासमिति सम्बन्धमा अहिले दिउँसो ललितपुरमा पत्रकार सम्मेलन गरिने भएको हो।
कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले दिउँसो २:३० बजे गोदावरी सनराइज सम्मेलन केन्द्र, गोदावरी, ललितपुरमा पत्रकार सम्मेलन गर्ने उनले बताए।
75
Shares
प्रतिक्रिया